काठमाडौं। नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक शुरु भएको छ। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक शुरु भएको हो।
बैठकमा केन्द्रीय कमिटी विस्तारको एजेन्डा राखिएको छ। एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो। अब त्यसमा थप हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
आजको बैठकका लागि केन्द्रीय सदस्यहरूलाई सात वटा एजेन्डा बाँडिएको छ। बैठकको शुरुमा अध्यक्ष माधवकुमार नेपालले पार्टी गठनको पृष्ठभूमि बताउँनेछन्। वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव पेश गर्नेछन्। त्यसमाथि बैठकमा सामूहिक छलफल हुनेछ। आवधिक कार्ययोजना, समसामयिक प्रस्तावहरूमाथि छलफल गरेर बैठक टुंगिनेछन्।
२ भदौमा यो दलले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो। ९ भदौमा निर्वाचन आयोगले सनाखत गराएको थियो। नयाँ दलको मान्यता पाएपछि यसको यो पहिलो केन्द्रीय समिति बैठक हो।
पार्टी केन्द्रीय कमिटीमा एक अध्यक्ष, एक वरिष्ठ नेतालगायत छन्।
Facebook Comment
Comment