काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ वर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन भएको छ।
महासंघको २९ औं वार्षिक साधराण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण शशि श्रेष्ठले पुस्तक विमोचन गरेकी हुन्। कुमाङ सुब्बाले प्रकाशन गर्नुभएको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ वर्षे यात्रा समेटिएको छ।
पुस्तकका लेखक सुब्बाले सो पुस्तक बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा गरिन्। महासंघका निवर्तमान अध्यक्ष केशव बडालले निरन्तरता र धैर्यले सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताए। उनले महासंघको पहिलो महाप्रबन्धक नियुक्ति हुनुअघि उनले भोग्नुपरेको चुनौतीलाई उनले रचनात्मक ढंगले प्रस्तुत गरेको बताए।
“सहकारी अभियानको विकासक्रमको साक्षी हुँ। नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ गाउँमा पुग्यो। एउटा अभिायनले कसरी सर्वसाधारणको जीवन बदल्यो ? पुस्तकमा समेट्ने कोशिश गरेको छु,” सुब्बाले बताइन्।
“म अभियानको एउटा प्रमुख साझेदार हु। सहकारी अभियानले मलाई बदल्यो, मैले आफैँ सक्रिय भएर धेरै मानिसको जीवन बदल्न सहयोग गरे। यो अभियानले देश बदल्न छ भन्ने मलाई विश्वास जागेको छ।” उनले पुस्तकको विषयमा बताउँदै भने।
नेपालको सहकारी अभियानले कसरी चुलो चौकोमा सीमित महिलालाई परिवार, समाज हुँदै राजनीतिक मुल प्रवाहमा जोड्यो भन्ने प्रसंग पनि पुस्तकमा छ। “चुरापोतेका लागि पतिको मुख ताक्ने महिलालाई कसरी घरको अर्थतन्त्रको मियाको रुपमा स्थापित गर्यो। म यी कथाहरूको श्रृंखला बोकेर आएकी छु,” उनले भनिन्।
Facebook Comment
Comment