काठमाडौं । बुन्डेसलिगामा दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई हराउँदै बार्यन म्युनिखले शीर्ष स्थानमा बलियो पकड जमाएको छ। गएराति घरेलु मैदानमा डर्टमन्डले शुरुआती अग्रता लिए पनि हार खेप्न बाध्य भयो।
खेलको पाँचै मिनेटमा जुलियन ब्रान्टले डर्टमुन्डलाई अग्रता दिलाएका थिए। तर नवौं मिनेटमा रोवर्ट लेवन्डोस्कीले गोल गर्दै बार्यनलाई बराबरीको अवस्थामा ल्याए। ४४ मिनेटमा कोम्यानले गोल गर्दै बार्यनलाई २-१ को अवस्थामा ल्याएका थिए तर एर्लिङ हल्याण्डले पुनः ४८ मिनेटमा गोल थप्दै डर्टमुन्डलाई २-२ को बराबरीमा ल्याए।
निकै रोमाञ्चक बनेको खेलको ७७ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै लेवन्डोस्कीले बार्यनलाई जित दिलाए। लिगमा उनको १६ गोल भएको छ। हारपछि पनि डर्टमन्ड दोस्रो स्थानमा यथवात् छ। समान १४ खेल खेलेको बार्यनले ४ डर्टमन्डसँग ४ अंकको दूरी बढाएको छ।
यता गएराति नै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पीएसजी) भने हारबाट मुस्किलले जोगिएको छ। लेन्ससँग पीएसजी १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ बराबरीमा सकिए पनि ६२ मिनेटमा लेन्सले गोल गरेको थियो। तर अतिरिक्त समयमा सम्हालिन नसक्दा लेन्सले जित गुमायो। पीएसजीका नेदरल्याण्ड्स मिडफिल्डर जोर्गिन्हो विजडमले ९० मिनेटपछि थपिएको दोस्रो मिनेटमा गोल गर्दै टोलीको हार टारेका थिए। उनी सब्सिच्युट रूपमा मैदान छिरेका थिए।
लगातार दोस्रो बराबरीपछि पनि पीएसजी बलियो अंकसाथ शीर्ष स्थानमै छ। उसले १७ खेलबाट ४२ अंक जोडेको छ। लेन्सले भने पछिल्ला पाँच खेलमा मात्र एक जित निकालेको छ र ऊ लिगको पाँचौं स्थानमा छ।
Facebook Comment
Comment