काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
शनिबारदेखि चलिरहेको साधारणसभामा अध्यक्षका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा राेशन कुमार सिंह र काेषाध्यक्षमा पदमबहादुर खड्कासमेत निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध भएका छन् ।
क्यानका शीर्ष ४ मध्ये ३ पदमा पदाधिकारी निर्विराेध भएका हुन् । सचिवमा भने निर्वाचन हुने भएको छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा हुँदैछ ।
पारस नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान हुन् । मल्लले यसअघि कार्यवाहक सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आजै चुनाव गर्ने निर्वाचन समितिको तयारी छ ।
Facebook Comment
Comment