अब फेसबुक, युट्युब, नेटफ्लिक्सलगायतले पनि २ प्रतिशत कर तिर्नुपर्ने

नेपालभ्युज

अब फेसबुक, युट्युब, नेटफ्लिक्सलगायतले पनि २ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं। अब फेसबुक, युट्युब, नेटफ्लिक्सजस्ता विदेशी सामाजिक सञ्जालले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक विधेयक २०८० का अनुसार विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्नेछ ।

यो कर वार्षिक २० लाख रुपैयाँभन्दा माथि कारोबार गर्ने कम्पनीलाई मात्र लागू हुनेछ । विद्युतीय सेवाको वार्षिक २० लाख रुपैयाँसम्मको कारोबारमा भने कर नलाग्ने विधेयकमा उल्लेख छ ।

यो नीति लागू गर्नका लागि सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गरिसकेको छ ।

कार्यविधिअनुसार विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोबाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्वीरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, ई–बुक, ई–पुस्तकालय, ई–पत्रिकालगायत सेवालाई समेटिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved