आज देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

नेपालभ्युज

आज देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन। आज पजि हिमपात र वर्षाको सम्भावना छैन।

आज बिहान देशको पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved