काठमाडौं । बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएको ६ दिनपछि शेख हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिँदा आफ्नो सरकार ढालिएको दाबी गरेकी छन् ।
हाल भारतमा रहेकी हसिनाले देश छाडेपछि पहिलोपटक अभिव्यक्ति दिँदै यस्तो बताएकी हुन् । उनका अनुसार उक्त टापुमा अमेरिकाले सैन्य आधार खडा गर्न चाहन्छ ।
हसिनाले यसअघि सन् २०२१ जुनमा बंगाली अखबारसँगको कुराकानीका क्रममा अमेरिकाले बंगलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरेकी थिइन् ।
३ वर्गकिलोमिटरको सो टापु म्यानमारबाट ५ माइलको दूरीमा पर्छ । यसबारे थप जानौँ—
यो प्राकृतिक सौन्दर्यका लागि परिचित छ । यहाँ स्पष्ट नीलो पानी छ भने सामुद्रिक जीवनसमेत छ । त्यहाँ मानिसहरू बस्छन् । यो एक लोकप्रिय पर्यटक गन्तव्य पनि हो, विशेषगरी जाडो याममा यहाँको मौसम अधिक सहनशील र सफा हुन्छ ।
यस टापुको १८औं शताब्दीको एक समृद्ध इतिहास छ । त्यसबेला अरबी व्यापारीहरूले यसको नाम ‘जजिरा’ दिएका थिए । तर, पछि यो टापुको नाम चटगाउँका तत्कालीन डेपुटी कमिश्नर मार्टिनको नामबाट राखियो र भयो— सेन्ट मार्टिन टापु ।
यो टापुलाई नारिकेल जिन्जिरा (नारियल टापु) वा दारूचिनी द्विप (दालचीनी टापु) भनेर पनि चिनिन्छ । यो टापु एकदमै सानो छ । जसको क्षेत्रफल मात्र ३ वर्ग किमी छ । यो बंगालको खाडीको दक्षिणपूर्वी भागमा अवस्थित छ । यो Cox’s Bazar-Tankaf प्रायद्वीपको लगभग ९ किमी दक्षिणमा पर्छ ।
यस टापुमा ३ हजार ७०० जनसङ्ख्या बसोबास गर्दछ । त्यहाँको मुख्य पेशा भनेको माछा मार्ने हो । यस्तै धान खेती, नरिवल खेती र समुद्री शैवाल कटाइ पनि हो । यहाँ उत्पादन हुने अन्नबालीलाई म्यानमार निर्यात गरिन्छ, जसले यो टापुलाई पर्यटनका रूपमा मात्रै नभइ व्यापारको आकर्षक भूमिका रूपमा समेत चिनाउँदछ ।
हसिनाले यहाँ वासिङ्टन (अमेरिकाको राजधानी) ले हवाई अड्डा बनाउन र बंगालको खाडीमा रणनीतिक कब्जा जमाउन यो टापु लिन खोजेको दाबी गरेकी छन् । विगतमा पनि यस्तो दाबी गर्ने गरिएको थियो । हसिनाले खालिदा जियाको बिएनपी पार्टीले यो टापु अमेरिकालाई बेच्ने योजना बनाएको आरोप लगाउँदै आएकी छन् ।
यद्यपि, ह्वाइटहाउस (अमेरिकी राष्ट्रपति कार्यालय) ले भने यो दाबीलाई बारम्बार अस्वीकार गर्दै आएको छ । सन् २००३ मा बंगलादेशका लागि तत्कालीन अमेरिकी राजदूत मेरी एन पीटर्सले भनेकी थिइन्, “सेन्ट मार्टिन्स टापु, चटगाउँ वा बंगलादेशको अन्य कुनै ठाउँमा सैन्य आधारको लागि कुनै योजना छैन । कुनै आवश्यकता छैन र कुनै चाहना पनि छैन ।”
तर, उक्त टापुले बलियो रणनीतिक फाइदा राख्छ । काल्पनिक रूपमा यदि कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा स्थापना गर्यो भने तिनीहरू स्वतः मलक्का जलडमरू नजिकै उपस्थिति हुनेछन्, जुन चीनले यातायातको लागि मुख्य रूपमा प्रयोग गरिरहेको छ ।
यस टापुले चीन र म्यानमारका गतिविधि मात्र नभई भारतले के गरिरहेको छ भनेर पनि निगरानी गर्न सघाउँछ भनिन्छ । चीनले इन्डो-प्यासिफिक क्षेत्रका धेरै ठाउँमा आफ्नो प्रभुत्व कायम राख्दै सो टापुले बेइजिङको उपस्थितिलाई रोक्न बलियो आधार प्रदान गर्दछ ।
चाखलाग्दो कुरा के छ भने बंगलादेश पनि म्यानमारसँगको सीमामा संलग्न छ, जसले टापुमा स्वामित्व दाबी गर्दछ । द्वन्द्व कहाँबाट सुरु हुन्छ भनेर इतिहासमा फर्किनुपर्छ । सन् १९३७ मा म्यानमार छुट्टिएपछि यो टापु ब्रिटिश भारतको हिस्सा रह्यो ।
यो सन् १९४७ को विभाजनसम्म ब्रिटिश भारतको एक हिस्सा रह्यो । त्यहाँबाट यो टापु पाकिस्तानको नियन्त्रणमा थियो । सन् १९७१ को बंगलादेश मुक्ति युद्धपछि ढाकाले टापुलाई आफ्नो नियन्त्रणमा लियो ।
द डेली स्टारका अनुसार सन् १९७४ मा बंगलादेश र म्यानमार दुवैले कोरल टापु बंगलादेशको भूभागमा पर्ने सम्झौता गरेका थिए । तर, पछिल्ला वर्षहरूमा यस विषयमा कूटनीतिक द्वन्द्व सुरु भयो । सन् २०१८ मा म्यानमारले आफ्नो आधिकारिक नक्सामा सेन्ट मार्टिन टापु समावेश गरेको थियो । तर, पछि त्यहाँको परराष्ट्र मन्त्रालयले ‘गल्ती’ भन्दै हटाएको थियो ।
रोहिंग्याहरू पनि म्यानमारबाट भागेर बंगलादेश प्रवेश गर्न उक्त टापु प्रयोग गर्छन् । यद्यपि, म्यानमारको नयाँ सैन्य जन्टाले यस क्षेत्रमा जहाजहरू पठाएको आरोप लगाएको थियो, जसमा बंगलादेशी नौसेनालाई टापु नजिकै आफ्नै जहाजहरू तैनाथ गर्न बाध्य पारिएको थियो ।
यो उल्लेखनीय छ कि समुद्री कानूनको लागि अन्तर्राष्ट्रिय न्यायाधिकरणले सेन्ट मार्टिन टापुलाई बंगलादेशको भागको रूपमा मान्यता दिएको छ ।
यी पनि पढौं-
हसिनापछिको बंगलादेश : जोखिम र सावधानिपूर्वक भविष्य
यस्तो छ बंगलादेश सम्हाल्ने युनुस टिम
नरसंहार चाहन्थिन् हसिना, अन्तिम समयमा छोराले मनाएपछि देश छाडिन् !
हसिना भन्थिन् – युनुसलाई गंगामा डुबाऊ !
निर्वासित बंगलादेशी लेखिकाको टिप्पणी-हिजो मलाई लखेट्यौ, आज आफैँ देश छोडेर भाग्यौं
को हुन् बेगम खालिदा जिया ?
हसिनाविरूद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र
को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ
कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?
पलाइसे रे पलाइसे हसिना पलाइसे !
शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन
हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र
Facebook Comment
Comment