अचानक फिल्म छोड्दा रणवीरसँग रिसाए निर्माता

नेपालभ्युज

अचानक फिल्म छोड्दा रणवीरसँग रिसाए निर्माता

एजेन्सी । रणवीर सिंहले यस वर्षको पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’ का निर्देशकसँग फिल्म ‘राक्षस’ मा काम गर्दै थिए । प्रसशंक पनि अभिनेता र निर्देशकको यो जोडी हेर्न आतुर थिए ।

तर, रणवीर फिल्मबाट अचानक बाहिरिएका छन् । जसले गर्दा ‘राक्षस’ का निर्माता उनीसँग रिसाएका छन् ।

‘राक्षस’ फिल्मको शुटिंग पनि सुरु भइसकेको थियो । तर, खबरअनुसार मात्र तीन दिन शुटिंग गरेपछि रणवीर सिंहले अचानक फिल्म छोडे । फिल्म छोड्नुको कारण सिंह र निर्माताबीच कुरा नमिलेको बताइएको छ ।

एक रिपोर्टले दाबा गरेअनुसार रणवीर सिंह र निर्माताबीच रचनात्मक मुद्दामा केही मतभेद भएको थियो । जसले गर्दा रणवीरको तर्फबाट समस्या भयो र तीन दिनको शुटिंग गरेपछि उनले बीचमै फिल्म छोडिदिए ।

खबरअनुसार रणवीरलाई कसैले उक्त फिल्म नगर्न सल्लाह दिएको बताइएको छ । यसमा निर्माताले बताएका छन्, यदी त्यसो थियो भने पहिले नै उनले सोंच्नुपर्ने थियो । यसरी गैरजिम्मेवारीपूर्वक विवाद गर्नु राम्रो नभएको निर्माताको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved