नक्कली भुटानी शरणार्थी प्रकरण :

टोपबहादुर रायमाझी सहितको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउनसक्ने

नेपालभ्युज

टोपबहादुर रायमाझी सहितको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउनसक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका प्रतिवादीले दिएको निवेदन उपर सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो ।

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ९ जनाले थुनामुक्त गर्नुपर्ने माग राखेर निवेदन दिएका हुन् ।

हज समितिका अध्यक्ष शमशेर मियाँले आफूसँग उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका छन् ।

शरणार्थी प्रकरणमा बिहीबार नै आदेश आउने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved