कोशी प्रदेशसहित चार प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना, केही स्थानमा हावा हुरी चल्ने

नेपालभ्युज

कोशी प्रदेशसहित चार प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना, केही स्थानमा हावा हुरी चल्ने

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा पनि हावा–हुरी चल्ने महाशाखाको अनुमान छ ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । देशको बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved