कहाँ हुँदैछ अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहे ?

नेपालभ्युज

कहाँ हुँदैछ अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहे ?

काठमाडौं । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहका तस्वीर र भिडियो अहिले पनि सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेका छन् ।

गुजरातको जामनगरमा आयोजित तीन दिने कार्यक्रममा सारा बलिउड सहभागी भएको थियो ।

उनीहरूको जुलाई १२ मा विवाह हुँदैछ । यसैबीच उनीहरूको बिहे कस्तो होला कहाँ होला भन्ने चर्चा चासो बढेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि उनीहरूको बिहे यूएईको राजधानी सहर आबुधाबी या बेलायतको लन्डनमा हुने तयारी थियो ।

अनन्त र राधिकाको बिहे लन्डनको स्टेक पार्क इस्टेटमा हुने वाला थियो । तर, अब त्यहाँ बिहे नहुने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बेहुलाको आमा निता अम्बानीले बिहेको सबै व्यवस्था हेरिरहेकी छिन् । निता आफैंले बिहेको तीन दिने कार्यक्रमको योजना तयार गरिसकेकी छन् ।

यसअघि अनन्तकी दिदी इशाले इन्ष्टाग्राम एकाउन्टमार्फत् लन्डनमा बिहे हुने कुराको जानकारी दिएकी थिइन् । तर, अब भने बिहे लन्डनमा नभएर भारतकै मुम्बई सहरमा हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसबारे अहिलेसम्म सम्बन्धित पक्षबाट भने कुनै आधिकारिक घोषणा भने आएको छैन । प्रि–वेडिङमा जस्तै बिहेमा पनि बलिउडदेखि अधिकांश ठूला उद्योगपतिहरू आउनेछन् ।

जुलाईमा हुन लागेको बिहेमा आउने पाहुनाको सूचीमा शाहरूख खान, सलमान खान, बच्चन परिवार, रणवीर–दीपिका पदुकोण, विराट–अनुस्का, रणबीर–आलिया, विक्की कट्रिना सबै पर्नसक्ने आशा गरिएको छ ।

उद्योग र राजनीति क्षेत्रका कयौं नाचिन हस्ती पनि आउन सक्नेछन् ।

अनन्त र राधिकाको प्रि–वेडिङ सानदार तरिकाले भएको थियो । यसमा बलिउडदेखि हलिउडसम्मका कयौं स्टार आएका थिए । प्रि–वेडिङ नै त्यति शानदार थियो भने बिहे कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved