पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

नेपालभ्युज

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि काम नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पाण्डेको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

अदालतले पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गैरकानुनी भएको र छनोट उपसमिति अवैधानिक रहेको जनाएको छ ।

साथै, १५ दिनभित्र रिटमा विपक्षी बनाइएकालाई आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस अदालतले आदेश दिएको छ ।

कार्यकारी प्रमुख छनौट समिति र प्रक्रिया नमिलेको भन्दै अधिवक्ता रमेश बडाल, रमेश प्रसाद धिता र हरिप्रसाद मैनालीले रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved