२ करोड डलरको घरमा सरे प्रियंका र निक, पानी चुहावटपछि छोडेका थिए

नेपालभ्युज

२ करोड डलरको घरमा सरे प्रियंका र निक, पानी चुहावटपछि छोडेका थिए

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनस फेरि अमेरिकास्थित लस एन्जलसको घरमा बस्ने भएका छन् ।

द सन युएसको रिपोर्ट अनुसार करिब २ करोड डलर अर्थात् करिब १ सय ६६ करोड भारूको यो घरको मर्मतसम्भारको काम सकिएको छ ।

द सन युएसले घरको एउटा हवाई तस्बिर सेयर गरेको छ, जसमा मर्मतसम्भारको काम देखिएको छ ।

प्रियंका र निकले यही वर्ष फेब्रूअरीमा यो बंगला छोडेका थिए । पानी चुहावटका कारण उनको घरको भित्तामा ओसिलोपन देखिन थालेको थियो । त्यसैले दुवैले यो घर छोडेर अर्को घरमा बस्न बाध्य भएका थिए ।

यस विषयमा उनले सम्पत्ति व्यवसायीविरूद्ध मुद्दा समेत दायर गरेका थिए । चुहावटको समस्याले परिवारको स्वास्थ्य बिग्रन सक्ने उनको तर्क थियो ।

प्रियंका र निकले सन् २०२३ मेमा प्रोपर्टी डिलरविरूद्ध मुद्दा दायर गरेका थिए, किनभने शिफ्ट भएपछि स्विमिङ पुल र स्पामा समस्या आउन थालेको थियो। यसबाहेक घरमा धेरै साना समस्याहरू सामना गर्नुपरेको थियो।

प्रियंका–निकले सम्पत्ति डिलरविरूद्ध मुद्दा दायर गर्दा क्षतिपूर्तिको माग समेत गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार सम्पत्ती मर्मत गर्न करिब २० करोड रूपैयाँ खर्च भएको छ । निक-प्रियंकाले क्षतिपूर्ति पाए वा पाएनन् भन्नेबारेमा केही खुलाइएको छैन ।

प्रियंका र निकले यो बंगला सन् २०१९ मा १ सय ६६ करोड भारूमा किनेका थिए । दुवै छोरी मालतीसँगै बस्छन् । यस लक्जरी सम्पत्तीमा ७ शयनकक्ष, ९ बाथरूम, तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, स्पा, स्टीम शावर, जिम र बिलियर्ड कोठा छन् ।

प्रियंकाको आगामी फिल्मको कुरा गर्दा उनी हलिउड फिल्म ‘द ब्लफ’ मा देखिनेछिन् । यो चलचित्रको छायांकन असारबाट सुरू हुनेछ ।

यसअघि प्रियंकाले हलिउड प्रोजेक्ट ‘बेवाच’, ‘द म्याट्रिक्स रिसरेक्सन्स’ र रोमान्टिक कमेडी ‘लभ अगेन’मा काम गरिसकेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved