नेपाल टेलिकममा स्थायी जागिरका लागि आवेदन माग

नेपालभ्युज

नेपाल टेलिकममा स्थायी जागिरका लागि आवेदन माग

काठमाडौं । नेपाल टेलिकम लिमिटेड विभिन्न पदमा दरखास्त माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि टेलिकमले दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगबाट सहमति लिएर स्थायी पदपूर्तिका लागि टेलिकमले सूचना जारी गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट अनलाइन दरखास्त आह्वान गरिएको छ ।

आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र, समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरू अनलाइन फारामको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पनीको  website www.ntc.net.np  वा  recruit.ntc.net.np  मार्फत दरखास्त दिनुपर्नेछ ।

लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ ।

दरखास्त बैशाख २७ गतेसम्म दिइसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर भने जेठ ३ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved