तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै

नेपालभ्युज

तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउसो सवा ४ बजे हुनेछ । गएराति भएको अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हराएको थियो ।

गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यसपालि एसीसी एसिया कप खेल्ने सम्भावना समाप्त भएको छ । फाइनल खेल आइतबार ओमान र यूएईबीच हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved