आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

नेपालभ्युज

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ ।  स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा शुक्रबार जलेर मृत्यु भएको छ ।

बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जंगलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

गुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved