आईपीएलमा पञ्जाबमाथि मुम्बईको ९ रनको जित

नेपालभ्युज

आईपीएलमा पञ्जाबमाथि मुम्बईको ९ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।

पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए ।
एक समय ९.२ ओभरा ७७(६ को अवस्थामा पुगेको पन्जाबलाई शंशाक र आशुतोषले जितको आशा देखाएका थिए ।

मुम्बईका जोराल्ड कोट्जी र जस्प्रित बुमराहले ३–३, आकाश माधल, हार्दिक पान्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए ।

रोहित शर्मा ३६, ईशान किशन ८, तिलक बर्मा ३४, हार्दिक पान्ड्या १० र टिम डेविड १४ रनमा आउट भए ।
पन्जाबका हर्षल पटेलले ३ र साम करनले २ विकेट लिए ।

जितसुँगै मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । पञ्जाब ७ खेलमा २ मा जितका साथ नवौं स्थानमा छ ।

राजस्थान ७ खेलमा ६ मा जितका साथ शीर्ष स्थानमा छ ।
आईपिएल अन्तर्गत शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ । यो खेल शुक्रबार साँझ ७ः४५ बजे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved