सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाकै १७ सय ५० रूपैयाँ

नेपालभ्युज

सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाकै १७ सय ५० रूपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा १७ सय रूपैयाँले वृद्धि भएर रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved