दुर्गा प्रसाईंले आयात अनुमति पाएकोभन्दा फरक हतियार ल्याएको निष्कर्ष, के हुन्छ कारबाही ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयात अनुमति पाएकोभन्दा फरक हतियार आयात गरेर ल्याएको निष्कर्ष छानबिन समितिले निकालेको छ । अटोमेटिक हतियार ल्याउनका लागि अनुमति नदिइएको तर प्रसाईंले ल्याएको हतियार अटोमेटिक नै रहेको छानबिन समितिको निष्कर्ष छ ।

नेपालभ्युज

दुर्गा प्रसाईंले आयात अनुमति पाएकोभन्दा फरक हतियार ल्याएको निष्कर्ष, के हुन्छ कारबाही ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयात अनुमति पाएकोभन्दा फरक हतियार आयात गरेर ल्याएको निष्कर्ष छानबिन समितिले निकालेको छ । अटोमेटिक हतियार ल्याउनका लागि अनुमति नदिइएको तर प्रसाईंले ल्याएको हतियार अटोमेटिक नै रहेको छानबिन समितिको निष्कर्ष छ ।

यसरी प्रसाईंले जुन हतियार आयात गर्नका लागि अनुमति दिइएको थियो, सोहीबमोजिमको हतियार आयात नभई फरक किसिमको ल्याएको देखिएको हो ।

आयात अनुमति दिइएको स्पेसिफिकेसन बमोजिमको हतियार नभएर फरक प्रकृतिको हतियार कसरी आयात भयो भनी समितिले वाणिज्य विभागलाई पत्र लेखेको छानबिन समितिका सदस्य एकदेव अधिकारीले बताए ।

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि

छानबिन समितिमा गृह मन्त्रालयका कानुन उपसचिव ऋषि पौडेल, सूचना अधिकारी समेत रहेका उपसचिव एकदेव अधिकारी र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् ।

२०७५ असार २१ गते प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट हतियार प्रयोगको अनुमति पाएका थिए । २०७९ पुस ७ मा २०८१ असार मसान्तसम्मका लागि इजाजत नवीकरण समेत भएको देखिएको छ । नेताहरूलाई प्रभावमा पारी उनले नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने इजाजत पत्र पाएका थिए ।

आयात अनुमति पाएकोभन्दा फरक हतियार आयात गरेर ल्याउनु कानुनसंवत् मानिँदैन । उनलाई हातहतियार खरखजना ऐन बमोजिम कारबाही हुनसक्ने बताइन्छ ।

राजनीतिक शक्तिका आडमा लिएका थिए दुर्गा प्रसाईंले अत्याधुनिक हतियार, दुरुपयोग देखिएपछि खोस्ने तयारी !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved