इंग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपालभ्युज

इंग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं। इंग्ल्यान्ड ‘सी’ सँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ।

आइतबार राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्बर्टो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्। आगामी मे ६ मा इबीबी स्टेडियममा घरेलु टोली अल्डरसट टाउन एफसीसँग नेपाली टोलीले खेल्ने छ।

इंग्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीको मान्यता प्राप्त टोली हो। इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै इंग्ल्यान्ड ‘सी’ ले विभिन्न राष्ट्रहरुसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।

नेपालले इंग्ल्यान्ड ‘सी’ सँग पहिलो पटक खेल्न लागेको हो। खेलको लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौँता गरिसकेको छ।

नेपालको प्रारम्भिक टोली:

गोलकिपरः किरण चेम्जोङ, सन्तोष महत, अभिषेक बराल, विशाल सुनार

डिफेन्डरः विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ, अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे

मिडफिल्डरः उत्सव राई, फत्तेमान घले, रोहन कार्की, भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी

फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, सञ्जीव विष्ट, राजेश परियार, जेलेस्पेजंग कार्की, हिशुब थपलिया, समीर तामाङ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved