सिन्धुलीमा एनसेल टावरमा विष्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो

नेपालभ्युज

सिन्धुलीमा एनसेल टावरमा विष्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ । गएराति साढे १ बजेतिर कुकर बम विस्फोट भएको हो ।

विस्फोटबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विष्फोटका कारण टावरको विद्युतीय तारलगायत उपकरणमा समान्य क्षति भएकाले टेलिकम सेवामा भने असर नभएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । पर्चामा एनसेलले ठगी गरेको आरोप लगाइएको छ । विस्फोट गराउने समूहलाई प्रहरीले खोजी गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved