ईपीएसको पहिलो चरणको परीक्षामा ६ हजार बढी उत्तीर्ण, वैशाख ९ देखि सिप परीक्षा हुने

नेपालभ्युज

ईपीएसको पहिलो चरणको परीक्षामा ६ हजार बढी उत्तीर्ण, वैशाख ९ देखि सिप परीक्षा हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणको भाषा परीक्षामा ६ हजारभन्दा बढी उत्तीर्ण भएका छन् । सन् २०२४ मा ईपीएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणको परीक्षामा ६ हजार ३ सय २१ जना उत्तीर्ण भएका हुन् ।

परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले गएराति गरेको जनाइएको छ ।

पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको दोस्रो चरणको सिप परीक्षण भने आउँदो वैशाख ९ देखि १५ सम्म सञ्चालन गरिने छ । परीक्षामा ४० हजार ५८० जना सहभागी भएको इपिएस कोरिया शाखाले जानकारी गराएको हो ।

शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिने सिप परीक्षामा सहभागी परीक्षार्थीले साथमा राहदानी, प्रवेशपत्र अनिवार्य लिएर जानुपर्ने छ ।

ईपीएस(EPS) शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रक्रियामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु पर्ने जनाएको छ ।

भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकामा यस वर्षका लागि १६ हजार चार सय छनोट गरेर पठाउने योजना छ ।

हिजो उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved