दिल्लीका मन्त्री आनन्दले पार्टी छाडे, भ्रष्टाचारलाई लिएर आपमाथि उठाए प्रश्न

नेपालभ्युज

दिल्लीका मन्त्री आनन्दले पार्टी छाडे, भ्रष्टाचारलाई लिएर आपमाथि उठाए प्रश्न

काठमाडौं । दिल्ली सरकारका समाज कल्याण मन्त्री एवं आम आदमी पार्टीका नेता राजकुमार आनन्दले राजीनामा दिँदै पार्टी छोडेका छन् ।

मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा नीति घोटाला प्रकरणमा तिहाड जेलमा रहेका बेला आनन्दले पार्टी छाडेका हुन् ।

बुधबार राजीनामा दिँदै उनले पार्टीभित्रको भ्रष्टाचारमाथि प्रश्न उठाएका छन् ।

आफैँले सृजना गरेको दुर्भाग्यको परिणाम भोग्दैछन् केजरीवाल

आनन्दले भ्रष्टाचारसम्बन्धी पार्टीको नीतिसँग आफू सहमत नभएको बताए ।

गत वर्षको नोभेम्बरमा ईडीले मदिरा नीति घोटाला प्रकरणमा केजरीवाललाई सोधपुछको लागि बोलाएको थियो, त्यसको केहिदिन अघि ईडीले आनन्दको घरमा पनि छापा मारेको थियो ।

आनन्द सन् २०२० मा पहिलो पटक पटेल नगर सिटबाट विधायक बनेका थिए। यसअघि उनकी श्रीमती वीणा आनन्द पनि सोही विधानसभा क्षेत्रबाट विधायक छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved