सद्भाव भड्काउने योजनासहित राजेन्द्र महतोले भिक्षु आवरणमा प्रदर्शनकारी उतारेको आशंका

प्रदर्शनमा भिक्षु कसरी पुगे भन्ने बारेमा प्रहरीलेसमेत अनुसन्धान थालेको छ । महतोले सद्भाव भड्काउने योजनासहित भिक्षुको आवरणमा केही गेरु बस्त्रधारीलाई प्रदर्शनमा उतारेको आशंका प्रहरीको छ ।

नेपालभ्युज

सद्भाव भड्काउने योजनासहित राजेन्द्र महतोले भिक्षु आवरणमा प्रदर्शनकारी उतारेको आशंका

काठमाडौं । बौद्ध भिक्षुमाथि आक्रमण गर्नु ‘पाप’ हो भन्ने धारणा आम मानिसमा छ तर, प्रहरीले भिक्षुमाथि लात्ती हानेको भिडिओ भाइरल छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा भद्रकालीमा घटना भएको थियो ।

भाइरल भिडिओमा हिँडिरहेका २ जना भिक्षुमाथि प्रहरीले लात्ती हानेको देखिन्छ । गेरु बस्त्रमा रहेका भिक्षुलाई लात्ती प्रहार गर्ने प्रहरीको आलोचना भइरहेको छ ।

प्रहरीले उनीहरूलाई यत्तिकै लात्ती भने हानेको थिएन । पछि सार्वजनिक अर्को भिडिओ हेर्दा थाहा भयो ती भिक्षुहरू पनि आन्दोलनमै आएका रहेछन् । प्रदर्शनमा ढुंगामुडा गर्ने उनीहरु रहेछन् । प्रहरीसँगको झडपपछि अरू प्रदर्शनकारी भागे ।

तर, ती भिक्षु आवरणमा प्रदर्शनकारी बिस्तारै हिँडेर अरू प्रदर्शनकारीतर्फ जाँदै थिए । त्यो बेलामा प्रहरीले उनीलाई पछाडिबाट लात्तिले हानेको हो ।

बाटो हिँड्दै गरेका भिक्षुमाथि प्रहरीको कुटपिट, भिडिओ बाहिरिएपछि आलोचना

प्रहरी प्रधान कार्यालयले घटना संवेदनशील रहेको भन्दै आन्तरिक छानबिन थालेको छ । लात्ती हान्ने २ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही हुने प्रहरीले स्पष्ट पारिसकेको छ ।

यद्धपी प्रदर्शनमा भिक्षु कसरी पुगे भन्ने बारेमा प्रहरीलेसमेत अनुसन्धान थालेको छ । महतोले सद्भाव भड्काउने योजनासहित भिक्षुका आवरणमा केही गेरु बस्त्रधारीलाई प्रदर्शनमा उतारेको आशंका प्रहरीको छ ।

प्रहरीले भने बटुवा भिक्षुमाथि बल प्रयोग नगरिएको र प्रदर्शनमा आएकोलाई नै बल प्रयोग गरिएको बताएको छ । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी भन्छन्, “बाटोमा हिँडिरहेका भिक्षुलाई प्रहरीले कुटेको होइन । उनी पनि प्रदर्शनमै आएका भिक्षु हुन् ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved