बाटो हिँड्दै गरेका भिक्षुमाथि प्रहरीको कुटपिट, भिडिओ बाहिरिएपछि आलोचना

भद्रकालीमा दुई बौद्ध भिक्षुमाथि लात्ती प्रहार भएको भिडिओ सञ्जालमा भाइरल छ । आन्दोलनमा कुनै सरोकार नभएका भिक्षुमाथि कुटपिट भएको भिडिओ बाहिरिएसँगै प्रहरीको आलोचना भइरहेको छ ।

नेपालभ्युज

बाटो हिँड्दै गरेका भिक्षुमाथि प्रहरीको कुटपिट, भिडिओ बाहिरिएपछि आलोचना

काठमाडौं । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि बाटो हिँड्ने बटुवा भिक्षुहरूलाई समेत प्रहरीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ ।

भद्रकालीमा दुई बौद्ध भिक्षुमाथि लात्ती प्रहार भएको भिडिओ सञ्जालमा भाइरल छ ।

आन्दोलनमा कुनै सरोकार नभएका भिक्षुमाथि कुटपिट भएको भिडिओ बाहिरिएसँगै प्रहरीको आलोचना भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले भने यो विषयमा अहिले छानबिन भइरहेको बताए ।

दोषी देखिएमा प्रहरीलाई कारबाही हुने उनले बताए । प्रदर्शनको क्रममा केही आन्दोलनकारी पक्राउ परेका छन् । केही प्रहरी घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved