रोकिएन सुनको मूल्यले रेकर्ड बनाउने क्रम, आज कति बढ्यो?

नेपालभ्युज

रोकिएन सुनको मूल्यले रेकर्ड बनाउने क्रम, आज कति बढ्यो?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनहुँ बढिरहेको छ ।

सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएर रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार ६ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved