जनमत पार्टीका उपाध्यक्ष खान सवार कार दुर्घटना, थप उपचारका लागि काठमाडौं ल्याइँदै

नेपालभ्युज

जनमत पार्टीका उपाध्यक्ष खान सवार कार दुर्घटना, थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार कार धादिङमा दुर्घटना भएको छ ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका खान सवार कार बर्दिया जाने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको कार बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिए।

उनको मलेखुमा रहेको धादिङ जिल्ला राजमार्ग अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

बिएसी २७३५ नम्बरको सरकारी कार अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा उनीसँगै कारमा सवार अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरी घाइते भएका हुन् ।

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले खानको अवस्था भने खतरामुक्त रहेको जानकारी दिए ।

काठमाडौंमा ल्याएर थप उपचार र परीक्षण भएपछि उनको अवस्थाबारे थप भन्न सकिने गिरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved