दिनहुँ रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपालभ्युज

दिनहुँ रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ ।

सोमबार सुनको मूल्य आइतबारको तुलनामा ६ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved