‘सफा हिमाल अभियान २०२४’ सुरु गर्दै सेना

नेपालभ्युज

‘सफा हिमाल अभियान २०२४’ सुरु गर्दै सेना

काठमाडौं । नेपाली सेनाले यही वसन्त ऋतुमा ‘सफा हिमाल अभियान २०२४’ सुरु गर्दैछ।

यस अन्तरगत सगरमाथा क्षेत्रका नुप्चे, ल्होत्से र सगरमाथा हिमालबाट १० टन फोहोर र पुष्टि भएका ५ वटा शव ल्याउने सेनाको तयारी रहेको छ। आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा ‘सफा हिमाल अभियान २०२४’ का ‘क्याम्पेन लिडर’ सेनानी आदित्य कार्कीले यस विषयमा जानकारी दिए ।

सेनानी आदित्य कार्की

यस अभियानका लागी सेनाले १२ जनाको टोली बनाएको छ। जसमध्ये १० जनाको टोली सगरमाथा आधार शिविरमा र २ जना आपतकालीन प्रयोजनका लागी नाम्चेमा रहने छन्। सेनाले अन्य सगरमाथा आरोही तथा शेर्पाहरूको समेत साथ लिएको छ।

अभियान संचालानका लागी सेनाले चैत्र ४ गतेदेखि ७ गतेसम्म जोमसोम-थोराङ्ग ला-जोमसोम मा २५ जनालाई सम्मिलित गराइ ‘एक्लीमटाइजेशन तथा प्रि-डिप्लोमेन्ट’ तालिम समेत गराएको थियो। जसमा थोराङ्ग-ला पासदेखि मुक्तिनाथको एक्ले भट्टीसम्म २५ बोरा (४५० केजी नकुहिने) फोहोरहरू सङ्कलन गरिएको थियो। यसअघि सफा हिमाल अभियानअन्तर्गत सेनाले सन् २०१९ मा ल्होत्से हिमालबाट १० हजार ८०० केजी फोहोर र ४ वटा शव ल्याएको थियो।

यस्तै सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमोरी, मकालु, धौलागिरि र आमदब्लम हिमालहरूबाट २७ हजार ६७१ केजी फोहोरका साथै सगरमाथा तथा धवलागिरि बाट २/२ वटा शव सङ्कलन गरेको थियो। सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालहरूबाट ३३ हजार ८७७  केजी फोहोर र कञ्चनजङ्घा बाट २ वटा मानव कङ्काल सङ्कलन गरेको थियो । यसै गरी सन् २०२३ मा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५ हजार ७०८ केजी फोहोर सङ्कलन भएको थियो।

यस वर्षको सफा हिमाल अभियान लागी सेनाको टोली २०८१ वैशाख २ गते सगरमाथा आधार शिविर जाने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved