पाकिस्तानमा बोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

नेपालभ्युज

पाकिस्तानमा बोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ ।

सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो ।

एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटना पछि तुरून्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् ।

पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो ।

जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्पसमेत बन्द गरिएको छ ।-एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved