बारामा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु

नेपालभ्युज

बारामा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु

काठमाडौं । बारामा डियुटीमा रहेका एक ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु भएको छ।

शुक्रबार राति सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा गएराति डियुटीमा ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको हो ।

काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले बताए ।

चेकिङमा खटिएको बेला बसले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । उनलाई तुरुन्तै उपचारको लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ब्रेक नलागेका कारण बस रोक्न नसकेको ती चालकले बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved