नेपाल ‘ए’ ६० रनमै अलआउट, एक खेल अगावै आयरल्याण्ड ‘ए’ ले जित्यो एकदिवसीय सिरिज

नेपालभ्युज

नेपाल ‘ए’ ६० रनमै अलआउट, एक खेल अगावै आयरल्याण्ड ‘ए’ ले जित्यो एकदिवसीय सिरिज

काठमाडौं। आयरल्याण्ड ‘ए’ले तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको उपाधि एक खेल अगावै जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई ११४ रनले पराजित गरेको हो।

यससँगै ३ खेलको एकदिवसीय सिरिजको उपाधि आयरल्याण्ड ‘ए’ ले २–० ले जितेको छ। पहिलो खेलमा भने आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई २१ रन पराजित गरेको थियो।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा ६० रनमा अलआउट भयो । नेपाल ‘ए’ का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाए।

अन्य ४ खेलाडीले दोहोरो अंक छुन सकेनन्। नरेन भट्टले ६, बसीर अहमद ६, अर्जुन साउद ५, र साहब आलमले १ रन बनाए। देव खनाल, मौसम ढकाल, रिजन ढकाल र आरिफ शेख भने डकआउट भए।

आयरल्याण्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रेजले ६ विकेट लिए।

पहिलो पारीमा आयरल्याण्ड ‘ए’ ले ३८.४ ओभरमा १७४ रनमा अलआउट भएको थियो ।

आयरल्याण्ड ‘ए’ का लागि गेभिन होईले ५० र कप्तान निल रकले ४५ रन बनाए। नेपाल ‘ए’ का लागि रिजन ढकाल र साहब आलमले ३–३ विकेट लिए। मौसम ढकालले २ तथा कमल सिंह ऐरी १ विकेट लिए।

टस जितेर नेपालले बलिङ रोजेको थियो। नेपाल सिरिज बराबरी गर्ने योजनामा छ। सिरिजको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो ।

तेस्रो तथा अन्तिम वान डै आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved