एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन निर्वाचित

नेपालभ्युज

एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन निर्वाचित

सुर्खेत । नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् ।

१०औं जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै नेता सेन विजयी भएका हुन् । उनले १८२ मत ल्याएका थिए भने प्रतिस्पर्धी गिरीले १३९ मत पाए ।

यही चैत १८ गतेदेखि सुरु भएको अधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारी चयनमा सहमति हुन नसक्दा बिहीबार बिहान निर्वाचन भएको थियो । निर्वाचनमा ३३८ मत खसेको थियो ।

उपाध्यक्षमा भिमबहादुर सेनकै प्यानलबाट १९३ मत ल्याई ओजबहादुर बुढाथोकी, सचिवमा १७३ मतसहित पुष्पा बोहरा र उपसचिवमा १८० मतसहित गणेशमान सिंह र उपसचिव महिलामा १७३ मत ल्याई सहनशीलता ओली डीसी विजयी भएको निर्वाचन अधिकृत परशुराम ओलीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved