घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य आज घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३४ हजार रुपैयाँ कायम हुँदै रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved