विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले भने- प्रदेश विकासका लागि स्थायित्व चाहिन्छ

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । मुख्यमन्त्री शर्मा पदमा कायम रहन कम्तिमा २१ सांसदले समर्थन गर्नुपर्छ । नयाँ गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका क्रमश: १३, १० र १ गरी २४ जना छन् ।

नेपालभ्युज

विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले भने- प्रदेश विकासका लागि स्थायित्व चाहिन्छ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रादेशिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताएका छन् ।

विश्वासको मत लिने प्रयोजनसहित बुधबार अपराह्न बोलाइएको प्रदेश सभाको बैठकमा ‘विश्वासको मत पाउँ’ भन्ने प्रस्ताव पेस गर्दै मुख्यमन्त्री शर्मा (Rajkumar sharma) ले यस्तो बताएका हुन् । “प्रदेश विकासका लागि राजनीतिक स्थायित्व पनि चाहिन्छ । मैले मुख्यमन्त्री बन्दै गर्दा देखेका सपनाहरू कार्यान्वयनका क्रममा छन्,” उनले भने ।

उनले आफूलाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरे । राजनीतिक स्थायित्व कायम राखेर कर्णालीले नयाँ संसदीय मानक बनाउन आग्रह गर्दै उनले भने, “कर्णालीका बासिन्दाहरूको सुन्दर सपनामाथि कुठाराघात नगरौँ । पक्ष-विपक्ष एकमत भएर जाऔँ । मलाई विश्वासको मत दिनुस् ।”

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्रीलाई शर्मालाई राजीनामा दिन दबाब दिइएको थियो । तर, उनले राजीनामा नदिने बरु सदनको सामना गर्ने बताएपछि विश्वासको मत लिने प्रयोजनसहित प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । मुख्यमन्त्री शर्मा पदमा कायम रहन कम्तिमा २१ सांसदले समर्थन गर्नुपर्छ । नयाँ गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका क्रमश: १३, १० र १ गरी २४ जना छन् ।

नयाँ गठबन्धनअनुसार हेर्दा उनले सहजरूपमा विश्वासको मत पाउँछन् । तर, प्रदेश सभामा उनको मातृपार्टी माओवादी केन्द्र दुई धारमा विभाजित छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै निर्देशनको अवज्ञा गर्दै सदनको सामना गर्न उत्रिएकाले मुख्यमन्त्री शर्माको पद के हुन्छ भन्नेबारे यसै भन्न सकिन्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved