सुनको मूल्यले रेकर्ड कायम गर्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

नेपालभ्युज

सुनको मूल्यले रेकर्ड कायम गर्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ ।

बुधबार सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि यही सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम हुँदै रेकर्ड बनाएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved