नाइटक्लबमा आगलागी हुँदा इस्तानबुलमा २९ जनाको मृत्यु

नेपालभ्युज

नाइटक्लबमा आगलागी हुँदा इस्तानबुलमा २९ जनाको मृत्यु

काठमाडौं । टर्कीको इस्तानबुलको एउटा नाइटक्लबको मर्मत गर्ने क्रममा आगो लाग्दा कम्तिमा २९ जनाको मृत्यु भएको छ । मर्मत गर्ने काम लापरबाही भएकाले आगलागी भएको स्थानीय अधिकारीले आरोप लगाएका छन् ।

मिडियामा सार्वजनिक भएका फुटेजमा आवासीय भवनको १६ तलाको तेस्रो भागमा आगो लागेको देखिएको थियो ।

नाइटक्लबमा ध्वनि इन्सुलेशन र सजावट नवीकरण कार्यको क्रममा भएको विस्फोटबाट फाइबर सामग्रीमा आगो लागेको अनुमान गरिएको छ । आगो सल्किएपछि भवनभित्र फसेका अधिकांस धुवाँको विषाक्तबाट मरेका थिए ।

मर्मतमा लापरबाही गरेको अभियोगमा ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिएनएनले जनाएको छ ।

इस्तानबुलका मेयर एकरेम इमामोग्लुले उक्त भवन मर्मत गर्न अनुमतिका लागि आवेदन नआएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved