बच्चालाई स्वतन्त्रता नदिएको बारे जया बच्चनले यसो भनिन् 

नेपालभ्युज

बच्चालाई स्वतन्त्रता नदिएको बारे जया बच्चनले यसो भनिन् 

एजेन्सी । आफ्नी नातिनी नव्या नवेली नन्दाको पोडकास्टमा अभिनेत्री जया बच्चन (Jaya Bachchan) प्रायः जीवनका नयाँ नयाँ कुरा खुलासा गरिरहेको देखिन्छिन् ।

यसपटक अभिनेत्रीले आफ्ना बच्चालाई हुर्काएको बारेमा बताइन् । जयाले भनिन् कि अमिताभ बच्चन (Amitabh Bachchan) र उनले बच्चालाई धेरै स्वतन्त्रता दिँदैनथे ।

जयाले कुराकानीको क्रममा अभिभावकत्वका बारेमा बताइन भनिन् कि अभिषेक र श्वेतालाई उनीहरुले एउटा साँघुरो घेरामा राखेका थिए ।

त्यस्तो त जया सधैँ बच्चाप्रति समर्पित आमाको रुपमा चिनिन्छिन् । उनले अभिषेक र श्वेताको रेखदेख गर्न करिअरबाट पनि ब्रेक लिएकी थिइन् ।

जयाले पोडकास्टमा भनिन्, “हामी एकदमै प्राटेक्टिव थियौं किनकी हामीलाई त्यो भन्दा राम्रो अरु केही थाहा पनि थिएन ।”

साथमा उनले आफूहरुले पनि अग्रजबाट त्यही सिकेको बताइन् । “हामीलाई पनि त्यसरी नै हुर्काइएको थियो । त्यसैले हामीले पनि त्यो स्वतन्त्रता दिनै सकेनौं ।”

त्यसपछि उनले आफ्नी छोरी श्वेतातिर इशारा गर्दै भनिन्, “जसरी तिमी ठूली भएकी छौ अब तिमीले आफ्ना बच्चालाई फरक तरिकाले पाल्नेछौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved