सर्लाहीबाट लाखौं रकमसहित हुण्डी कारोबारी पक्राउ

नेपालभ्युज

सर्लाहीबाट लाखौं रकमसहित हुण्डी कारोबारी पक्राउ

सर्लाही । प्रहरीले हुण्‍डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

मलंगवा बजारबाट स्रोत नखुलेको नगद रकमसहित हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको जानकारी दिए ।

पक्राउ पर्नेमा २४ वर्षिया कमर राजा र ४० वर्षिया आरिफ अंसारी छन् ।

प्रहरी टोलीले सूचनाको आधारमा राजाको साथबाट कालो रंङ्गको झोलाबाट नगद १ सयका एक हजार थान गरि १० लाख र लक्ष्मी सनराईज बैंकको ९ लाख ९० हजार जम्मा गरेको २ वटा भौचरसमेत बरामद गरेको छ ।

उनले सञ्चालन गरेको फोन सिटि मोवाईल पसलमा छापा मार्दा खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा १ सयको दरको नोट १ हजार ४ सय ५४ थान गरि १४ लाख ५४ हजार, ५ सयको नोट ६सय २२ थान ३ लाख ११ हजार १ सय को नोट १ सय ९ थानमा १० हजार९ सय गरि १७ लाख ७५ हजार ९ सय ७० गरि जम्मा २७ लाख हजार ९ सय बरामद गरेको छ ।

प्रहरीकाअनुसार आरिफ अंसारी मानव तस्करी र अवैध सुनकारोबारी समेत रहेको खुलेको छ । उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ।

उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सलाहीमा प्रहरीलाई अनुमति दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved