आइएमई पे एपबाट हवाई टिकट किन्दा क्यासब्याक र पुरस्कार जित्ने मौका 

नेपालभ्युज

आइएमई पे एपबाट हवाई टिकट किन्दा क्यासब्याक र पुरस्कार जित्ने मौका 

काठमाडौं । आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी “जेट सेट रिवार्ड“ नामक अफर ल्याएको छ । यो  अफर अन्तर्गत आइएमई पे एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००५ क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।

यही चैत ६ देखि ज्येष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १००५ क्यास ब्याक पाउनेछन् ।

दोस्रो विजेताले द लेक साइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्नेछन् भने तेस्रो विजेताले चन्द्रागिरि हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् । यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरूले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved