अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न सरकारलाई दुर्गा प्रसाईंको अल्टिमेटम

नेपालभ्युज

अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न सरकारलाई दुर्गा प्रसाईंको अल्टिमेटम

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं (Durga Prasain)ले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् ।

सर्वोच्च अदालतले झापामा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश गरेपछि मेडिकल व्यवसायी प्रसाईंले बैंकको सबै ऋण तिर्ने बताएका हुन् । आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको उनको जिकिर थियो ।

भारतको दिल्लीबाट काठमाडौं फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग प्रसाईंले आफुले गरिबको ऋणमात्र तिरिदिन सरकारलाई भनेको बताउँदै राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेकोदाबी गरे ।

मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने उनको भनाइ थियो । अभियानअनुसार जुम्लामा चैत २२, दाङमा चैत २४ गते, इलाममा बैशाख ६ गते कार्यक्रम रहेको उनले जानकारी दिए ।

उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती पनि दिए ।आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न राज्यलाई उनको अल्टिमेटम थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved