पोखरामा बस पल्टियो, दुई जना घाइते

नेपालभ्युज

पोखरामा बस पल्टियो, दुई जना घाइते

काठमाडौं । कास्कीको पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

शनिबार बिहान पोखरा महानगरपालिका वडा नं.२८ को अर्चलेमा बस दुर्घटनामा परेको हो। घटनामा सवार चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस सडकबाट पल्टिँदा तल रहेको अर्को सडकमा पुगेको थियो । बस सडकमा ठाडै उभिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved