बागमती प्रदेश सभा बैठक सोमबार बस्ने

नेपालभ्युज

बागमती प्रदेश सभा बैठक सोमबार बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बस्ने तय गरिएको छ । बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने बताइएको छ । प्रदेशसभाको बैठक बस्नुपूर्व कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved