मोहीमा चिया सिड्स मिसाएर खाँदा हुने फाइदा

नेपालभ्युज

मोहीमा चिया सिड्स मिसाएर खाँदा हुने फाइदा

एजेन्सी । मोही र चिया सिड्स पोषक तत्वले भरपूर हुन्छन् । यी दुवै साथमा खाँदा पनि एकदमै धेरै फाइदाहरू हुन्छन् । यस लेखमा मोहीमा चिया सिड्स मिसाएर खाँदा हुने फाइदाका बारेमा जानौं ।

मोही र चिया सिड्समा प्रोटिन, फ्याट, फाइबर, क्याल्सियम, क्यालोरी, कार्बोहाइड्रेट, म्यागनिज, फस्फोरस, काब्र्सका साथै राइबोफ्लेविन नामक गुण पनि पाइन्छ । मोहीमा चिया सिड्स मिसाएर पिउँदा शरीरमा रोगसँग लड्ने क्षमता पनि बढ्छ । यो एन्टीअक्सीडेन्टका साथ कैयौं आवश्यक भिटामिनहरूले भरपूर हुन्छ ।

छालालाई स्वस्थ र जवान राख्नका लागि तपाईं मोहीमा चिया सिड्स मिसाएर पिउनुहोस् । यसको सेवनले शरीरका सबै टक्सिनहरू निस्कन्छन् जसले गर्दा छालाका समस्याहरू पनि कम हुन्छन् ।

मोहीमा चिया सिड्स मिसाएर पिउँदा मुटु पनि स्वस्थ रहन्छ । यसमा पाइने ओमेगा ३ फ्याटी एसिड र एन्टीअक्सीडेन्ट गुणहरूले मुटुसम्बन्धी रोगहरूको जोखिम पनि कम गर्छ ।

हड्डीको स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि मोहीमा चिया सिड्स मिसाएर पिउनुहोस् । यो क्याल्सियम र फस्फोरसले भरपूर हुन्छ जसले गर्दा हड्डी बलियो हुन्छ ।

शरीर सुन्निएको समस्याबाट निजात पाउनका लागि दैनिक रातमा सुत्नुअघि मोहीमा चिया सिड्स मिसाएर पिउनुहोस् । यो एन्टीइन्फ्लामेटरी गुणहरूले भरपूर हुन्छ जसले गर्दा शरीर सुन्निएको तथा दुखेकोमा पनि आराम हुन्छ ।

यदी तपाईं तौल कम गर्न चाहनुभएको छ भने पनि बिहानमा यसलाई नास्तासँग पिउन सक्नुहुन्छ । यसले तपाईंलाई विभिन्न पोषणहरू दिनुका साथै पेट भरेर राख्नेछ । साथमा यसले शरीरमा छिटो ऊर्जा दिने काम पनि गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved