हैदराबादसँग मुम्बई इन्डियन्स पराजित

नेपालभ्युज

हैदराबादसँग मुम्बई इन्डियन्स पराजित

काठमाडौं । आइपीएल (IPL)क्रिकेटमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा हैदराबादले मुम्बईविरुद्ध ३१ रनको जित हासिल गरेको हो ।

हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन मात्र बनायो।

घरेलु मैदानमा भएको खेलमा हैदराबादले आईपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल खडा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी २७७ रन बनाएको थियो ।

योसँगै रोयल च्यालेन्जर्स बैंगलोर(RCB)ले सन् २०१३ माबनाएको २६३ रनको योगफलको कीर्तिमान तोडिएको छ । जवाफमा मुम्बईले ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved