हैदरावादले बनायो आईपीएल इतिहासकै सर्वाधिक रन

नेपालभ्युज

हैदरावादले बनायो आईपीएल इतिहासकै सर्वाधिक रन

काठमाडौं । इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले आईपीएल इतिहासकै सर्वाधिक रन बनाएको छ ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको मुम्बई इन्डियन्ससँगको खेलमा हैदरावादले २७७ रन बनाएर इतिहास रचेको हो ।

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनायो । विशाल स्कोर बनाउने क्रममा अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिड हेडले २४ बलमा ६२ र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए ।

यसअघि यो कीर्तिमान आरसीबीको नाममा थियो । आरसीबीले २०१३ को सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved