पोखरा-बागलुङ रुटमा विद्युतीय माइक्रोबस सञ्‍चालनमा

नेपालभ्युज

पोखरा-बागलुङ रुटमा विद्युतीय माइक्रोबस सञ्‍चालनमा

पोखरा । पोखरा-बागलुङ रुटमा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्रा.लि बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।

सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

एक करोड १० लाख रुपैयाँ लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताए । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युतको प्रयोग हुने उनी बताउछन् । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीको विश्वास छ ।

उनले भने, “पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।”

हाललाई बागलुङदेखि पोखरासम्मका लागि ४५० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि छुट्नेछ । अध्यक्ष केसीले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved