नेपालमा लगानी बढाउन कुटनीतिक समुदायलाई अध्यक्ष ढकालको आह्वान

नेपालभ्युज

नेपालमा लगानी बढाउन कुटनीतिक समुदायलाई अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

अवैतनिक कन्सुलर कर्प्स नेपाल एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र समृद्धिबीचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कुटनीतिक समुदायलाई आग्रह गरेका हुन् ।

शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डरबिना स्वतन्त्रपूर्वक सञ्चालन हुदाँ लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरूलाई ढकालले आह्वान गरेका छन् ।

उनले आउँदो नेपाल लगानी सम्मेलनमा बढि भन्दा बढि लगानीकर्ताहरूलाई सहभागी गराइ लगानी जुटाउन पनि कुटनीतिक समुदायलाई आग्रह गरेका छन् ।

आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ उर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा वाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र नीजि क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन उनले आग्रह गरेका छन् ।

नेपाल विकासोन्मुख देशको रूपमा ग्य्राजुएट हुन गइरहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरू सिर्जना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मन्च रहने पनि ढकालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved