शनि दशा पन्छाउने विश्वासका साथ संकटा मन्दिरमा भक्तजनको भीड

सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन मन्दिरदेखि नै छ । सङ्कटा मन्दिरको दर्शन गरी सकेपछि महाकाल मन्दिरमा भैरवको पूजा अर्चना गरिन्छ ।

नेपालभ्युज

शनि दशा पन्छाउने विश्वासका साथ संकटा मन्दिरमा भक्तजनको भीड

काठमाडौं । काठमाडौं नयाँ सडकको टेवहालस्थित सङ्कटा मन्दिरमा शनि दशा पन्छाउन विश्वासका साथ शनिबार भक्तजनको भीड लागेको छ ।
शनिबार ग्रह शान्ति दुःख, पीडा, अभाव, समस्या, कष्टबाट छुट्कारा पाउन भक्तजन सङ्कटामा पूजाका लागि आउने गर्दछ ।

शनिबार शनिग्रह पन्छाउने दिन भएकाले यो दिन सङ्कटाको पूजा अर्चना गर्ने गर्दछ ।

देवता र दानवको युद्ध हुँदा ब्रह्माजीले शनिको पूजा गर्नू भनी देवतालाई भनेकाले यस दिन सर्वसाधारणले पनि कष्ट र हैरानीबाट छुट्कारा पाउन शनिको पूजा गर्न थालेको बताइन्छ ।

शनिबार सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन मन्दिर देखि नै थियो । सङ्कटा मन्दिरको दर्शन गरी सकेपछि महाकाल मन्दिरमा भैरवको पूजा अर्चना गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved