मिस नेपाल २०२४ को टाइटल स्पोन्सर बन्दै डाबर वाटिका स्याम्पु 

नेपालभ्युज

मिस नेपाल २०२४ को टाइटल स्पोन्सर बन्दै डाबर वाटिका स्याम्पु 

काठमाडौं । डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरशिप गर्ने भएको छ । स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै सो घोषणा गरेको हो ।

यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तीकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भने, ‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौं । यो साझेदारी मार्फत, हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं ।’

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित भन्छन्, ‘मिस नेपाल २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा हामी खुसी छौं । हामी अनगिन्ती व्यक्ति र समुदायहरूलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved